दफा १८ग
समयभित्रै कार्य सम्पन्न गर्नुपर्ने
(१) यो ऐन प्रारम्भ भएपछि सम्बन्धित निकायले नियुक्ति, सरुवा, काज, कायम मुकायम सम्बन्धमा यस ऐनबमोजिम मिलान गर्नुपर्ने काम दुई महिनाभित्र सम्पन्न गरी सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनुपर्नेछ ।
(२) सम्बन्धित निकायले उपदफा (१) बमोजिमको समयावधिभित्र सो काम नगरेमा सामान्य प्रशासन मन्त्रालयले तत्काल गर्नेछ ।